९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा ललितपुरमा चेतनामूलक कार्यक्रम


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

ललितपुर । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी ललितपुरमा मनाइएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साउनेमूल टोल समितिको संयोजनमा मानव बेचबिखन विरुद्धका प्ले कार्डसहित निकालिएको र्‍यालीले ग्राड एकेडेमीबाट शुरुभई साउनेमूल, बोधीग्राम, भेल्पा, हात्तिवन हुँदै ग्राड एकेडेमी परिक्रममा गरेर सम्पन्न भएको थियो ।

कार्यक्रममा ललितपुर महानगर वडा नं. १५ का वडा अध्यक्ष सुदर्शन मिश्रले मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।