१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लेले बस्तीमा बाँदर र बँदेल


२१ भाद्र २०७६, शनिबार  

0
Shares

 

 

लेले काभ्रेस्थित फुल्चोकी जंगछेउ रहेको घरबारी । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२१ भदौ ०७६, लेले । लेले बस्तीमा बाँदर र बँदेलले सास्ती दिदा स्थानीयबासी हैरान भएको गुनासो गरेका छन् । लेले काभ्रेका स्थानीय सुरेस पौडेलका अनुसार बस्तीमा हुलका हुल बाँदर पसेर मकैलगायत अन्नपात खान थालेपछि स्थानीयबासीलाई चिन्तित बनाएको हो । लेलेको महतगाँउ डिगाँउ र काभे्रका जंगल वरपर रहेको बारीका अन्नपात जंगली जनावरले सखाप बनाएका हुन् ।

लेले बस्ती ।

महाभारतको जंगलको फेदमा रहेको लेले बस्तीको चारैतिर जंगल छ । केहीबर्ष अघिसम्म हरेक रात बाघ कराउने फुलचोकी जंगलमा आजकल बँदेलको विग्विगि बढेसँग बाघको आवाज नसुनिएको काभ्रेका बासिन्दा कृष्णकुमार घिमिरेले बताए । उनले भने,‘बाँदर र बँदेलसँगै कहिले काँही मृग,खरायोर दुम्सि पनि बस्ती बस्छ । यहाँका मकै,आलु,सखरखण्ड लगायतका बाली उनीहरुकै आहारा हो ।’

केही बर्ष अघिसम्म दम्सि र भालुले सताउने लेले बस्तीमा अहिले जनावरको अनुहार फेरिए पनि सास्ती भने उस्तै छ । ‘बाँदर बस्तीमा आउदा ५०÷६० वटाको संख्यामा आउछन् । धपाएर के साध्य ?’ भन्दै स्थानीयबासी पौडेल प्रतिप्रश्न गर्छन् । उनका अनुसार बाँदर दिउसो आउछ भने बदेल रातमा बासी पस्ने गर्छ ।
केही बर्षअघिसम्म यहाँ बाँदरको प्रखोप दिएन । यहाँ बाँदर आउन थालेको ३÷४ बर्ष मात्रै भयो । बदेल भने १० बर्षअघिसम्म नदेखिएको स्थानीयबासी बताउछन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ११ : २२ बजे