१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


फुल्चोकीको काखमा सुन्दर तपेश्वर (तस्विरहरु)


२२ भाद्र २०७६, आइतबार  

0
Shares

तपेश्वर मन्दिरपसिरबाट देखिएको बडिखेल र काठमाडौंका विभिन्न भू भाग । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
२२ भदौ २०७६, बडिखेल । गोदावरी नगरपालिका–४ बडिखेलस्थित फुल्चोकीको काखमा रहेको तपेश्वर मन्दिर हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण तीर्थस्थल हो । प्राकृतिक सुन्दरताले भरिएको गोदावरी क्षेत्रको यो मन्दिरबाट राजधानीको सुन्दर अवलोकन गर्न सकिन्छ ।

तपेश्वर मन्दिर जाने भरर्याङ्ग ।

सातदोवाटोबाट ७ किलोमिटर दुरीमा रहेको बडिखेल बसपार्कबाट तपेश्वर मन्दिर पुग्न सकिन्छ । तपेश्वर पुग्न कोड्खु खोला तरेर जानु पर्छ । पासपार्कबाट आधा घण्टाको यात्रापछि पुग्न सकिने यो मन्दिर भिरमा अवस्थित छ । पहाडको भित्तामा विराजमान तपेश्वर मन्दिरमा पुग्न अहिले सुविधा सम्पन्न कृमिक बाटो बनाइएको छ ।

पैदलमार्ग ।

मन्दिरसम्म उकालो बाटो चढ्दा मनसुनी मौसमको सुन्दर हरियाली भेटिन्छ । जंगलमा फुलहरु फुलेका छन् । ठाडो उकालो भिरमा खुड्किला खनेर आर्कशक बाटो बनाइएको छ ।
तपेश्वर मन्दिरपरिसरमा बृहत गुरुयोजना लागू हुने भएको छ । यहाँ महादेवको ५५ फिट अग्लो धातुको मूर्ति निर्माण गरिने भएको छ । साथै तपेश्वर प्रवेशद्वार,कुण्ड,वगैचा,पाकिङ्ग,केवुलकार समेत बनाउने योजना अघि सारिएको छ । बडिखेललाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तपेश्वरमा महादेव परिसरमा यो मूर्ति निर्माण गरिन लागेको हो ।

५० फिटको मूर्ति निर्माण स्थल ।

गोदावरी नगरपालिकाबाट तपेश्वर मूर्ति स्थापनाका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेशसभाबाट रु एक करोड र डा जगदिशलाल वैद्यबाट रु २५ लाख खर्च हुनेछ ।
बडिखेलको यो मन्दिरमा हरेक हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन भव्य मेला लाग्छ । स्थानीय पहरी जातिले यो दिन तपेश्वर महादेवको पूजा गरी बत्ती बाल्छन् ।
तपेश्वर मन्दिर क्षेत्रमा घुम्नलायक अन्य स–साना अन्य गन्तव्यहरु पनि छन् । मन्दिर नजिकै भैरव गुफा छ । यही बाख्रे ओडार र बाघे ओडार छ । जहाँ तपेश्वर मन्दिर घुम्न जानेहरु घाम पानी छल्न बस्ने गर्दछन् । बडिखेलका स्थानीयहरु घरमा गाईबस्तु ब्याउँदा तपेश्वर महादेवलाई दूध चढाएर मात्र खाने गर्छन् ।

फूल ।

तपेश्वर वनमा बहुमूल्य जडीबुटी तथा मृग,चित्तल खरायोजस्ता जङ्गली जनावर समेत देख्न पाइन्छ । गोदावरी क्षेत्रको यो तपेश्वर मन्दिर धार्मिक र पर्या–पर्यटनको अपार सम्भावना बोकेको ठाँउ हो । यहाँ प्रशस्तै सिमसार स्थल भेटिन्छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : ०३ बजे