१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दशैमा घर जाने योजना छ ? अग्रिम टिकट बुकिङ


२७ भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडौ । दशैमा घर जाने योजनामा हुनुहुन्छ ? तर घर जाने टिकट नपाउने भएर तनावमा हुनुहुन्छ भने अब चिन्ता गर्नु पर्दैन, सरकारले अग्रिम टिकट बुकिङ खोल्दैछ ।
यातायात व्यवस्था विभागले दसैंका लागि असोज ५ गतेबाट टिकट बुकिङ खुल्ला निर्णय गरेको हो । सबैसँगको छलफल पश्चात बिहीबार टिकट खुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । दशैका लागि घर जाने मानिसको सुबिधाको लागि अग्रिम टिकट बुकिङ खोलिएको उनले बताए । काठमाडौ उपत्यकाबाट दशैका बेला ३० लाख मानिस बाहिरिने अनुमान छ । कामकाजी मानिसहरु फुलपाती सम्म काममा ब्यस्त हुँदा बसको टिकट नपाउने समस्या समाधान गर्न अग्रिम टिकटको ब्यवस्था गरिएको हमालको भनाइ छ ।
यो पटक बिभागले सडक विभागसँगको समन्वयमा दशै अगावै बिग्रिएका सडक मर्मत गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : २० बजे