२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बेलायतका तत्कालीन प्रधानमन्त्री जन्मिएको घरको सुनको शौचालय चोरी


२९ भाद्र २०७६, आइतबार  

0
Shares

लण्डन । बेलायतका तत्कालीन चर्चित नेता विन्स्टन चर्चिलको जन्म घरमा रहेको १८ क्यारेट सुनको शौचालय शनिबार बिहान चोरी भएको छ । शनिबार बिहान ४ः५० मिनेटमा शौचालय चोरी भएकोमा प्रहरीले ४ः५७ मा खबर पाएको थियो । चर्चिलको जन्म घरलाई ब्लेनहिम प्यालेस भन्ने गरिएको छ । थेम्स प्रहरीका अनुसार सो शौचालय नपाइएपनि एक जना ६६ वर्षिय मानिसलाई सो प्रकरणमा संलग्नताको आशंकामा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

सो शौचालयको मूल्य १० लाख पाउण्ड भएको जनाइएको छ । उक्त शौचालय चोरेर लग्न दुई वटा गाडी प्रयोग गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  १८ औं शताब्दीको सो दरबार बेलायतका चर्चित युद्धकालीन नेता चर्चिलको घर हो । सो घर विश्व सम्पदा सूचीमा समेत सूचीकृत रहेको छ ।

अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ब्लेनहिम प्यालेसले ट्विट गर्दै अहिलेलाई सो प्यालेस बन्द रहे पनि आइतबार खुल्ने जनाएको छ । सो सुनको शौचालय सन् २०१७मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्ताव गरिएको थियो । पक्राउ परेको व्यक्ति प्रहरीको हिरासतमा रहेको जनाइएको छ । शौचालय हराएको भवन लण्डनबाट १०५ किमी पश्चिम अक्सफोर्डसायरमा रहेको छ । (बीबीसी तथा एजेन्सी)

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ३६ बजे