६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आज मिति २०७६ असोज ४ गते शनिबारको राशिफल


४ आश्विन २०७६, शनिबार  

0
Shares

राशिफल मिति २०७६-०६-०४ गते शनिबार
सप्तमी – महालक्ष्मी व्रत समाप्ति/ सप्तमी श्राद्ध/ अष्टमी व्रत/ विश्वशान्ति दिवस

पञ्चाङ्ग :-  वि.सं. २०७६ असोज ४। शनिबार। इ.स. २०१९ सेप्टेम्बर २१। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। सप्तमी, १५:३३ उप्रान्त अष्टमी। नक्षत्र– रोहिणी, ८:१३ बजेउप्रान्त मृगशिरा। योग– सिद्धि, १९:५१ बजेउप्रान्त व्यतीपात। करण– वव, १५:३३ बजेदेखि वालव, २७:१० बजेउप्रान्त कौलव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– वृष, २०:१५ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ५:५२ बजे, सूर्यास्त– १८:०० बजे र दिनमान ३० घडी २ पला। सप्तमी श्राद्ध। अष्टमी व्रत। अष्टमी व्रत। महालक्ष्मी व्रत समाप्ति। विश्व शान्ति दिवस। सर्वार्थसिद्धि योग ८:१३ बजेसम्म। द्विपुष्कर योग ८:१३ देखि १५:३३ बजेसम्म।

वृश्चिक–गरिदै आएको काममा थप जांगर पलाएर आउने छ, ब्यापार ब्याबसायमा फाइदा नै होला ।

धनु– श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । सावधान रहनु होला ।

मकर–कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन । सानातिना काममा समय बित्ने दिन रहेका छ ।

कुम्भ–परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।

मीन– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

बिशेष काम गर्ने राम्रो समय 11:53 देखि 12:53 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन।
राहु काल 08:54 देखि 10:25 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ
रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, आज यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ। शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ।
साहित जुरेका कामहरु गीत संगित, खेल, कपडा, साथीको काम, गहना बनाउने जस्ता काम आज फाब्छन ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।