१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दशैँमा तलब नपाइने डरले मध्यपुरको बजेट पारित


४ आश्विन २०७६, शनिबार  

0
Shares

४ असोज ०७६, भक्तपुर । विवादका कारण लामो समयसम्म हुन नसकेको मध्यपुरथिमि नगरपालिकाका वजेट दशैं नजिकिएसँगै पारित भएको छ । विवादका कारण रोकिएकोे तेस्रो नगरसभाले राजनीतिक सहमति जुटेपछि बजेट, नीति तथा कार्यक्रम पारित भएको बताइएको छ । बजेट पारित नहुँदा मेयर उपमेयरलगायत जनप्रतिनिधिहरुको दशैंमा तलव रोकिने अवस्था थियो ।
तेस्रो नगरसभाले रु एक अर्ब ६२ करोड ९५ लाखको बजेट पारित गरेको हो । भक्तपुरको बोडेस्थित कृषि विकास तालीम केन्द्रमा शनिबार सम्पन्न नगरसभाले यो बजेट पारित गरेको थियो ।
नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवि  मधिकर्मीबीच विवाद थियो । गतअसार ११ गतेभित्र सक्नु पर्ने नगरसभामा दुईपटकसम्म बोलाइएको थियो । पहिलो नगर सभालाई मेयर मदनसुन्दरले स्थगित गरे पनि उपमेयरले सभा बोलाएर बजेट पारित गरेकी थिइन् । तर मेयर मदनसुन्दरले मान्यता दिएका थिएनन् । दोश्रो पल्ट बोलाइएको नगरसभाको बन्दसत्रमा पुनः विवाद देखिएको थियो । तर मेयर र उपमेयरसँगै जनप्रतिनिधिहरुले सहमती गरेर बजेट पारित गरेको बताएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ५२ बजे