५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल


५ आश्विन २०७६, आइतबार  

0
Shares

राशिफल मिति वि.सं. २०७६ /०६/ ०६ गते सोमवार
नवमी – दशमी श्राद्ध/ मातृ नवमी

पञ्चाङ्ग
वि.सं. २०७६ असोज ६। सोमबार। इ.स. २०१९ सेप्टेम्बर २३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। नवमी, १३:२३ उप्रान्त दशमी। नक्षत्र– आर्द्रा, ७:४२ बजेउप्रान्त पुनर्वशु। योग– वरियान्, १५:४९ बजेउप्रान्त परिघ। करण– गर, १३:२३ बजेदेखि वणिज, २४:३५ बजेउप्रान्त भद्रा। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– मिथुन, २५:०५ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान ३० घडी ४ पला। मातृ नवमी। दशमी श्राद्ध। तुला राशिमा सायन सूर्य १९:५५ बजे प्रवेश।

मेष :– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
वृष :– मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।
मिथुन :– समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।
कर्कट :– लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
सिंह :– बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।
कन्या :– सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । प्ुारानो रोगले पनि सताउन सक्छ ।
तुला :– व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
वृश्चिक :– आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।
धनु :– पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि वित्तादि लाभ हुने देखिन्छ ।
मकर:– स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।
कुम्भ :– व्यापारब्याबसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।
मीन :– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ ।

बिशेष काम गर्ने राम्रो समय :- 12:54 देखि13:54 सम्म छ यो समय चन्द्र होराको हो । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन
राहु काल बिहान 07:24 देखि 8:55 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।
खिर, दुध, हलुवा यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ,आज यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ
। शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ।
सहित जुरेका कामहरु बनस्पतिको काम, व्यवशाय र पढाई सुरु गर्न, गरगहना बनाउन, कला संग सम्बनधीत कुरा सिक्न हात्ती घोडा चढ्न आज राम्रो छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : ५८ बजे