२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


करेन्ट लागेर एक जनाको मृत्यु


७ आश्विन २०७६, मंगलबार  

0
Shares

७ असोज ०७६,ललितपुर। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ दाप्चा एक नं पुल नजिकै स्थितीत पशुपति रोडा ढुङ्गा उद्योगमा काम गर्ने एक जना कामदारको आज करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार अमलेखगञ्ज घर भएका वर्ष ६८ का पूर्णबहादुर कटुवाल आज बिहान वेल्डिङ मेशिनमा तार जोड्ने क्रममा करेन्ट लागेरघाइते हुनुभएको हो। उहाँलाई तत्काल धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कटुवाल चार वर्षदेखि सो उद्योगमा इलेक्ट्रिसिएनका रुपमा काम गर्दै आउनुभएको थियो । उक्त शव परीक्षणका लागि बनेपा स्थित शिर मेमोरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।