१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जेठानीले छुरा प्रहार गरी आफ्नै देवरानीको हत्या


२१ आश्विन २०७६, मंगलबार  

0
Shares

२१ असोज ०७६ ललितपुर। धनुषाको औरही गाउँपालिका १ झिटकैयामा जेठानीले छुरा प्रहार गरी देवरानीको हत्या गरिएकी हुन । २६ वर्षीया जेठानी सुनौल खातुनले २२ वर्षीया देवरानी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी हुन् ।

सोमबार साँझ घरायसी विवादको कारण सुनौलले सहानीको शरीरमा पाँच ठाउँमा छुरा प्रहार गरेकी थिइन् । देवरानीलाई छुरा प्रहार गरी घाइते बनाएपछि सुनौलले आफ्नै पेटमासमेत छुरा हानेकी छिन् । घाइते सहानीको उपचारको क्रममा जनकपुरको काव्या हस्पिटलमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । घाइते भएकी सुनौल खातुनसुनौलको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

मृतक सहानीको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  २ : १० बजे