
२१ असोज ०७६,ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाको हातबाट यो वषृको दसैँको टीका ग्रहण गर्नुभएको छ ।
उहाँले आज उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभएको छ ।
यसैगरी, उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिनुभएको छ ।








प्रतिक्रिया