८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कैदीबन्दीलाई कारागारमै टीका र जमरा


२१ आश्विन २०७६, मंगलबार  

0
Shares

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई परिवार÷आफन्तबाट मङ्गलबार टीका र जमरा लगाइँदै

२१ असोज ०७६,ललितपुर । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका थिए ।

कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिएको थियो । उनीहरुका आफन्तले आज टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताउनुभयो ।

कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दशैँभरि विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिएको र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्तले टीका कै दिन आउने गरेको भएपनि अन्य बाहिरी जिल्लाबाट टीकाको भोलि र पर्सिपल्टसम्म पनि आउने गरेकाले यस्तो व्यवस्था मिलाइएको उहाँले जानकारी भयो ।’

त्यसैगरी  जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ८ : ४० बजे