३० असाेज २०७६, सिरहा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुई युवालाई पक्राउ गरकाे छ।
इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीयवासी २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरेको हो ।
स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताउनुभयो ।
त्यसैगरी दुवै जनाले प्रयोग गरेको स३प ७६०८ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको र पक्राउ परेकाहरुलाईथप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो
प्रतिक्रिया