८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लागुऔषध ब्राउनसुगरसहित दुई जना युवा पक्राउ


३० आश्विन २०७६, बिहिबार  

0
Shares


 

३० असाेज २०७६, सिरहा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुई युवालाई पक्राउ  गरकाे छ।

इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीयवासी २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरेको हो ।

स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताउनुभयो ।

त्यसैगरी दुवै जनाले प्रयोग गरेको स३प ७६०८ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको र पक्राउ परेकाहरुलाईथप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  १० : ४० बजे