८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महोत्तरीमा सडक दुर्घटनामा तीनको मृत्यु


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

१ असोज २०७६,महोत्तरी । महोत्तरीमा सडक दुर्घटनामा तीनको मृत्यु भएको छ ।

बिहीबार राति र शुक्रबार बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । बिहीबार राति ज ४ प २३९० को पल्सर मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाकोोमृत्यु भएको हो ।

गौशाला नजिक भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका गौशालाका ३० वर्षीय दिलिप महतो र बर्दिवासका पलजित महतोलाई उपचारका लागि बर्दिवासस्थित स्वस्तिक अस्पताल लगिएकोमा उपचारका क्रमा दुवैजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनास्थलमा एक पाडोसमेत घाइते भेटिएकाले मोटरसाइकल दुर्घटनाको कारण अहिलेनै भन्न नसकिने प्रहरीले बताएकोछ ।

त्यस्तै ज १ क ४६६ नम्बरको टिपरले किच्दा सम्सी गाउँपालिका–२ का दश वर्षीय बालक शेष वकासको ज्यान गएको छ । स्थानीयले टिपर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

यसैगरी सम्सी–गौशाला–माईस्थान हुँदै राजमार्गमा जोडिएको हुलाकी सडकमा विगतका समयमा समेत दर्जनौँ सवारी दुर्घटना भइसकेको छ भने टिपरले ठक्करका कारण बालकको ज्यान गएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १२ : ५६ बजे