१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जग्गा बेचर उठेको बस्ती ः लेले लप्से


३ कार्तिक २०७६, आइतबार  

0
Shares

लेले लप्सेका राकेश न्यासुर आफ्नो नयाँ घर अगाडि । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
३ कार्तिक ०७६, लेले लप्से । लेले लप्सेका राकेश न्यासुरको भुकम्पले घर भत्काएपछि उनी लामो समय रञ्थनिए । घर कसरी बनाउने उनको चिन्ता थियो ।
घर नजिकैको २ रोपनी जग्गा बेचेपछि उनको नयाँ घर ठडियो । ‘तर खाने गरि खाने बारी छैन ।’ उनी भन्छन् ।
राकेशले मात्रै होइन लप्सेकै अनिता तामाङ्गको परिवार पनि जग्गा बेचेको पैसाले बनेको घरमा बसिरहेको छ । उनको घर बनाउन २० लाखमा जग्गा बेच्नु प¥यो । अनिता भन्छिन्, ‘के गर्नु घर बनाउन आम्दानी छैन ।’

अनिता तामाङ्ग

लप्सेकै माइली मार्फा आफ्नो नयाँ घर बनाउन बुरुञ्चुलीको ४ आना जग्गा बेच्नु परेको दुखेसो पोख्छिन् । उनी भन्छिन्,‘ हाम्रो कमाइले घर बनाउन पुग्दैन जग्गा बेच्नै प¥यो ।’
लेले लप्सेका सबैजसोले पुख्यौली जग्गा बेचेर नयाँ घर ठड्याएका छन् । गरिवहरुको बस्तीजस्तो लाग्ने लस्सेमा अहिले पिलर राखेर बनाइएका ढलान घर छन् । लप्से गाँउ आजकल शहर जस्तो भएको छ । राकेश लप्सेका सबैजसो बासिन्दाले जग्गा बेचेरै घर बनाइरहेको बताउछन् । उनका अनुसार यहाँका बासिन्दाको खान पुग्ने जग्गा कसैको छैन ।

लप्सेका नयाँ घरहरु ।

स्थानीय मार्फा लप्सेका सबैजसो युवा शहरमा केही न केही काम गर्न गएका बताउछिन् । उनी भन्छिन्, ‘खेती गरेर खान बारी छैन । याहाँका स्थानीय सबै जाजिरे छन् ।’
लप्सेका धेरैजसो युवा टिकाभैरव नल्लुमा सञ्चालित ढुंगा खानीमा काम गर्छन् । धेरैजसो युवा गाडी चलाउछन् । कतिपय खानीमा ढुंगा फुटाउन पुगका छन् । लप्सेका स्थानीय ज्यालापानी गर्न टिकाभैरव ओर्लन्छन् । राकेश भन्छन्,‘सिजनमा खेतमा काम पाइन्छ ।’भुकम्पले भत्काएको बस्ती ४ बर्षमै उठेको छ । अव लप्से लप्सेजस्तो रहेन ।

माइली मार्फा ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १० : ०१ बजे