४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हातहतियार र डाँका मुद्दामा फरार दुई जना पक्राउ


४ कार्तिक २०७६, सोमबार  

0
Shares

०४ कार्तिक २०७६,सिरहा । हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा अदालतको फैसला कार्यान्वयन टोलीले हातहतियार खरखजाना मुद्दामा सिरहाको बरियारपट्टी गाउँपालिका – ३ निवासी ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ निवासी २८ वर्षीय चन्देश्वर भनिने चन्दे महरालाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । हातहतियार खरखजाना मुद्दामा सिरहा जिल्ला अदालतबाट यादवलाई छ महीना कैद र रु ६० हजार जरिवाना गरिएको थियो भने डाँका मुद्दामा फरार महरालाई अदालतबाट पाँच वर्ष ११ महीना चार दिन कैद र रु दुई लाख ४७ हजार ३५० जरिवानाको फैसला भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी गराउनु भयाे ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १० : १५ बजे