८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२०७६ कार्तिक ८ गते )


८ कार्तिक २०७६, शुक्रबार  

0
Shares

कार्तिक ८, २०७६ – शुक्रवार – 25 October, 2019, Friday

पञ्चाङ्ग

वि.सं. २०७६ कात्तिक ८। शुक्रबार। इ.स. २०१९ अक्टोबर २५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। द्वादशी, १६:३१ उप्रान्त त्रयोदशी। नक्षत्र– पूर्वफाल्गुनी, ९:११ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– ब्रह्म, ९:०५ बजेदेखि ऐन्द्र, २९:५७ बजेउप्रान्त वैधृति। करण– तैतिल, १६:३१ बजेदेखि गर, २७:१९ बजेउप्रान्त वणिज। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– सिंह, १४:४६ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:१० बजे, सूर्यास्त– १७:२४ बजे र दिनमान २८ घडी ५ पला। प्रदोष व्रत। धन–त्रयोदशी। धनतेरस -धनत्रयोदशी)। यम–पञ्चक (तिहार) प्रारम्भ। यमदीप–दान।

मेष – मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।
वृष – प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ ।
मिथुन –  परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला ।
कर्कट –  भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला ।
सिंह –  आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ ।
कन्या – कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ ।
तुला – आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला ।
वृश्चिक – स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला ।
धनु –  काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला ।
मकर – कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।
कुम्भ –  विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ ।
मीन –  शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला ।

 

विस्तृत जानकारीका लागि :-
ज्योतिष विज्ञान अनुस्थान केन्द्र, काठमाडौं नेपाल
सम्पर्क मोबाइल नं ९८४०४१५०७३

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : १० बजे