३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


चियापानमा पस्किएका मिठा परिकार


९ कार्तिक २०७६, शनिबार  

0
Shares

नेकपाको चियापान कार्यक्रममा सहभागीहरु । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
९ कार्तिक ०७६, ललितपुर । दशैं,तिहार, छठ, नेपाल सम्बत्लगायत विभिन्न पर्वहरुको सन्र्दभमा राजनीतिक दलहरुले चियापान कार्यक्रमको आयोजना गर्ने संस्कृतिको विकाश भएको छ । दलहरुले आयोजना गर्ने चियापानमा सर्वसाधारणहरुलाई शुभकामना आदान प्रदानका लागि निम्त्याइएको भनिए पनि प्रायः कार्यकर्ताको उपस्थित हुने गरेको छ । राजनीतिक दलले आयोजना गर्ने चियापानमा के पाक्ला ? यो चासोको विषय हो ।

जावलाखेलमा समयबजी खान लाइनबद्ध हुँदै सहभागीहरु ।

नेपाली काँग्रेसले गतअसोज २५ गते ललितपुरको सानेपास्थित विपि स्मृति भवनमा चियापान कार्यक्रमको आयोजना ग¥यो । चियापानमा लड्डु, नम्किन, समोसा र कचौडी टपरीमा पस्किएको थियो । चियापानमा कालो र सेतो चिया खुवाइयो । चियापानमा नेकपाको नेताहरुको बाक्लै उपस्थिती थियो । हजारौं सर्वसाधारण चिया खान सानेपा पुगे ।
नेकपाल भने भृकुटीमण्डपमा असोज २९ गते नेता कार्यकर्तालाई चिया खुवायो । चियापानमा कालो सेतो चियासँगै समोसा,जेरी,नम्किनसँगै लड्डु र केरा खुवाइयो । राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा सानेपामा झैं हजारौं नेता कार्यकर्ताको सहभागीता थियो ।

चियापान कार्यक्रममा सहभागीका लागि खाजा पस्कदै काँग्रेस कार्यकर्ता ।

राजनीतिक दलको सिको गर्दै पर्वहरुको अवसर पारेर जिल्लादेखि स्थानीय तहसम्म आजकल चियापान कार्यक्रमको आयोजना गर्ने होड नै चलेको छ । यही क्रममा कार्तिक ८ गते शुक्रबार नेकपा ललितपुरले जावलाखेल चोकमा चियापान कार्यक्रम आयोजना गरेको छ । चियापानमा समयबजी खुवाइएको थियो ।
चियापान राजनीतिक दलहरुको कार्यकर्तासँगको सम्बन्ध पुर्नताजकीकरण गर्न एउटा कडीको रुपमा विकाश भइरहेको छ ।

भृकुटीमण्डपमा चियापान कार्यक्रममा सहभागीहरुको भीड ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ११ : ०२ बजे