२० कार्तिक ०७६ पर्सा । पर्सामा बालक अपहरण गर्ने एक जना माथि प्रहरीले गएराति गोली चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार १० दिनदेखि अपहरित बालकको उद्दार लागि नेपाल भारत सिमामा पर्ने फलवा टोलमा गए राति १२ः४५ बजे प्रहरीले गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली अपहरणकारीको खुट्टामा लागेको छ । घाइते अपहरणकारीको जिल्ला अस्पताल पर्सामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । ।
त्यसैगरी १४ वर्षीय बालकलाई सकुशल उद्दार गर्न सफल भएको छ नपाल प्रहरी ।
प्रतिक्रिया