८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ कार्तिक २१ गते )


२१ कार्तिक २०७६, बिहिबार  

0
Shares

कार्तिक २१, २०७६ – 07 Nov 2019, बिहिवार
दशमी – बलम्बुमा महालक्ष्मी यात्रा

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २१। बिहीबार। इ.स. २०१९ नोभेम्बर ७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। दशमी, १०:१० उप्रान्त एकादशी। नक्षत्र– शतभिषा, १०:३२ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– ध्रुव, १०:५१ बजेउप्रान्त व्याघात। करण– गर, १०:१० बजेदेखि वणिज, २३:१३ बजेउप्रान्त भद्रा। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:१९ बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २७ घडी ८ पला। पञ्चक। वलम्बु महालक्ष्मी यात्रा। धादिङको फूलखर्कमा गंगा-जमुना मेला।

मेष – सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ ।
वृष – शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ ।
मिथुन – मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ ।
कर्कट – अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ ।
सिंह – व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ ।
कन्या – बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला ।
तुला – विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ ।
वृश्चिक – मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन ।
धनु – समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ ।
मकर – सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने छ ।
कुम्भ – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ ।
मीन – काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ६ : १६ बजे