८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२०७६ कार्तिक २२ गते)


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

कार्तिक 22, २०७६ – 08 Nov, 2019, शुक्रवार
एकादशी – हरिबोधिनी एकादशी व्रत/ तुलसी विवाह/ भीष्म – पञ्चक आरम्भ/ विश्व रेडियोग्राफी दिवस

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २२। शुक्रबार। इ.स. २०१९ नोभेम्बर ८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। एकादशी, १२:१८ उप्रान्त द्वादशी। नक्षत्र– पूर्वभाद्रपदा, १३:०९ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– व्याघात, ११:२५ बजेउप्रान्त हर्षण। करण– भद्रा, १२:१८ बजेदेखि वव, २५:२२ बजेउप्रान्त वालव। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– कुम्भ, ६:३० बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:२० बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २७ घडी ४ पला। पञ्चक। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह। भीष्मपञ्चक आरम्भ। सुनसरीस्थित बराहक्षेत्रमा धार्मिक मेला सुरु। खोटाङको बराहपोखरीमा मेला।

मेष – घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
वृष – सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।
मिथुन – आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला ।
कर्कट – पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
सिंह – पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
कन्या – मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन ।
तुला – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ ।
वृश्चिक – काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
धनु – व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।
मकर – खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।
कुम्भ – काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।
मीन – आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ६ : १९ बजे