१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


टुडिखेलमा शाकाहारी सम्मेलन


२४ कार्तिक २०७६, आइतबार  

0
Shares


२४ कार्तिक ०७६, काठमाडौं । काठमाडौंको टुँडिखेलमा अन्तर्रा्ष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ । कात्तिक २९ र ३० गते बाबा जय गुरुदेव धर्म्विकास संस्थाको आयोजनामा यो सम्मेलन हुन लागेको हो ।
शनिबार आयोजित साक्षात्कारमा सम्मेलनका व्यवस्थापक एवम संरक्षक नन्दकुमार चौधरीले ऋषिमुनिको देश नेपालमा सो सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने दोस्रो अन्तर्रा्ट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनु भएको छ ।
सम्मेलनमा शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदूर र समाजसेवीहरूको उपस्थितिका लागि उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार सम्मेलनमा विश्वका विभिन्न ३२ राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी नागरिकको सहभागिता रहने छ । उद्घाटनकै दिन दिउँसो २ बजे सत्सङ्ग शुरु हुनेछ ।
कार्यक्रमका संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समागममा ६० हजारभन्दा बढी भक्तजनहरुको सहभागिता रहनेछ । सहभागी सबै भक्तजनलाई खाना, बस्न र एक्युप्रेसर शिविर पनि निःशुल्क आयोजना गरिनेछ । पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष कन्हैयालाल गुप्ता, नेपालका प्रचारक राजेश सोनी,सल्लाहकार श्यामसुन्दर पन्तले सम्मेलनबारेमा प्रकाश पार्नुभएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ४६ बजे