८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कर्मचारी कुट्ने वडाध्यक्ष पक्राउ


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

२६ कार्तिक ०७६,घोडाघोडी कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् ।
कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् । पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख भट्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : १५ बजे