८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिरहाको कल्याणपुरमा भुत मेला सम्पन्न, पहलमानी सुरु


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

पहलमानी खेलमा सहभागी हुँदै पहलमानहरु । तस्विर ः महेश सिंह

महेश सिंह
२८ कार्तिक ०७६, सिरहा । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदिमा प्राचीनकालदेखि प्रत्येक बर्ष कार्तिक पुर्णिमाको दिन चल्दै आएको भूत मेला सम्पन्न भएको छ । मेलाको अवसरमा देबि देवताहरुलाई कमला नदिमा स्नान गराइयो । यहाँ स्थान गराउदा एक बर्षसम्म देबि देवताहरु बस बस्छन् भन्ने मान्यता रहेको कुसेश्वर साहले बताउनु भयो ।
कल्याणपुर नगरपालिका वडा नं. ४,५ र ६ को संयुक्त आयोजनामा यो मेला कार्तिक पुर्णिामा दिन आयोजना भएको हो । महोत्सवको पहिलो दिनमा विशाल कलश यात्रा प्रदर्शन भएको थियो । दोस्रो दिन भुतमेला , पहलमानी , सामाचकेवा प्रतियोगीता , स्थानिय संस्कृति झल्कनेसांस्कृतिक कार्याकमहरु ऋायोजना भएको मुल कमिटिका अध्यक्ष प्रमोद यादबले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलवार कार्तिक पूर्णिमाका दिन कमला स्नान गर्न यस वर्ष पनि लाखौं श्रद्धालु सिरहा–धनुषा जिल्लाको सिमाना रहेको कमला नदिमा स्नान गर्न पुगेका थिए ।
धामीझाँक्रीहरु आगो बालेर भगत खेल्दै कमला नदि पुग्ने गरेको हुनाले यसलाई भुत मेला भन्ने गरिएको महोत्सब कमिटिका सल्लाहकार कल्याणपुर नगरपालिका वडा नं. ६ का कुशेश्वर साहले बताउनु भयो । सल्लाहकार साहका अनुसार कमला बचाउ अभियान अन्तर्गत महोत्सबमा भएको फोहर संङ्गकलन गर्नका लागि स्थानियहरु सक्रिय रहेको भन्दै बिभिन्न संघ संस्थाको सहयोगमा सरसफाई कार्यक्रम पनि भइरहेकोछ । पहलमानी खेलको उदघाटन गर्न पुगेका कल्याणपुर नगरपालिकाको मेयर सुर्यनाथ मण्डलले भने कमला नदिमा लाग्ने पुर्णीमा मेलाको आफनै पुरानो ईतिहास भएकाले यसलाई संरक्षण गर्न नगरपालिका पछाडी नहटने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पहलमानीमा छिमेकि मुलुक भारतको दिल्ली, हरियाना, बिहार, राजस्थानबाट खेलाडीहरु ल्याइएको थियो भने नेपालको नबलपरासी, पर्सा, सप्तरीको बोदे बर्साईन लगायतको ठाँउबाट खेलाडीहरु आएको आयोजक समितीले बताउनु भयो ।
मेला हेर्न सिरहा, सप्तरी, धनुषा, सप्तरी, महोत्तरी र सर्लाहीबाट लाखौं श्रद्धालु भक्तजनहरु प्रत्येक बर्ष कमला नदीमा आउने गरेको छन् । कार्तिक पूर्णिमाको दिन कमला स्नान गरेपछि मन्त्र सिद्धि प्राप्त हुने जनविश्वास रहेका छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ९ : ०३ बजे