८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ कार्तिक २९ गते )


२९ कार्तिक २०७६, शुक्रबार  

0
Shares

राशिफल कार्तिक २९, २०७६ – 15 November, 2019, शुक्रवार
तृतीया –

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २९। शुक्रबार। इ.स. २०१९ नोभेम्बर १५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। तृतीया, १९:३१ उप्रान्त चतुर्थी। नक्षत्र– मृगशिरा, २३:५० बजेउप्रान्त आर्द्रा। योग– शिव, ९:३८ बजेउप्रान्त सिद्ध। करण– वणिज, ७:४६ बजेदेखि भद्रा, १९:३१ बजेउप्रान्त वव। आनन्दादिमा मानस योग। चन्द्रराशि– वृष, ११:४८ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:२५ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी २ पला ।

मेष – परिवार सँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला ।
वृष – आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योेग रहेको छ ।
मिथुन – मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।
कर्कट – धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला ।
सिंह – खर्च बढने र स्वास्थय कम्जोर भइ काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछन सावधान रहनु होला ।
कन्या – दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ ।
तुला – आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ ।
वृश्चिक – पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला ।
धनु – कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ ।
मकर – कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला ।
कुम्भ – व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला ।
मीन – स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ होस पुर्याउनु होला ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : ५० बजे