१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारिखमा बस्ने आदेश


२९ कार्तिक २०७६, शुक्रबार  

0
Shares


२९ कार्तिक ०७६, काठमाडौं । चर्चित नेपाली अभिनेत्री शिल्पा पोखरेललाई जिल्ला अदालत काठमाडौँले बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो ।
निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल आज अदालतमा हाजिर भएपछि सो आदेश भएको हो । निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गर्नुभएको थियो । जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ४३ बजे