३० कार्तिक ०७६, चितवन। चालकको मृत्यु भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पलटिदा चालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । दुर्घटना आज राति १२ बजे भएको हाे ।
प्रतिक्रिया