१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सासंद चेतनाथ सञ्जेल : चरित्र हत्याको नियोजित प्रपञ्च भयो’


३० कार्तिक २०७६, शनिबार  

0
Shares


१ मंसिर ०७६, ललितपुर । ललितपुर १ का प्रदेश सासंद चेतनाथ सञ्जेलले आफ्नो नेतृत्वमा भइरहेको विकाश निर्माणको गति देखेर विपक्षीहरु आत्तिएको बताउनु भएको छ । शनिबार एक प्रेस विज्ञप्ती प्रकाशित गरेर विपक्षीहरु नियोजित रुपमा फसाउन सक्रिय रहेको ठोकुवा गर्नु भएको  हो । ।

मिडिया डबली नामक अनलाईन पत्रिकाले ‘ललितपुरमा कम्युनिष्ट सांसदको आतंक १ कमाउ धन्दामा लागेपछि चर्को विरोध’ भन्ने शीर्षकको प्रकाशित समाचार गम्भीर ध्यानाकर्षण भएको जनाउदै विज्ञप्तीमा भनिएको छ , ‘विपक्षी साथीहरुको परिचालन अनुरुप मेरो चरित्रहत्या गर्ने नियोजित प्रपन्चका साथ सम्बन्धित व्यक्ति मलाई नै नसोधी समाचार सम्प्रेषण भएको ’ उल्येख छ । उक्त समाचारमा कुनै सत्यता नभएको जानकारी गराउंदै सञ्जेलद्वारा जारी विज्ञप्तीमा उक्त समाचारको आधार र प्रमाण पेस गर्नका लागि चुनौती दिनु भएको छ । । सञ्जेलले जारी गरेको विञप्तीमा अगाडि भनिएको छ ,‘ विभिन्न विकास निर्माणमा उपभोक्ता समितिसँग मिलेर आधा रकम खाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको र यसबारे भ्रममा नपर्न म सम्पूर्ण शुभेच्छुक तथा ललितपुर वासीहरुमा आग्रह गर्न गर्दछु ।’
विज्ञप्तीबाटै उक्त समाचार खण्ड गर्न अनुरोध समेत गर्नु भएको छ । साथै त्यसो नभए कानूनी कानुनी प्रक्रियाअनुसार अघि बढ्न बाध्य हुने उल्लेख छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ९ : २६ बजे