२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चरेशसहित पाँच जना पक्राउ


१ मंसिर २०७६, आइतबार  

0
Shares

 

१ मंसिर ०७६, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–७ भन्सारको बाटोमा ५८ किलो लागुऔषध चरेशसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाका आधारमा आज आइतबार प्रहरी सहायक निरीक्षक शुनिल वश्यालसहितको टोलीले गस्ती गर्दै जाने क्रममा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा झोला भित्र लुकाइछिपाइ राखेको ५८ किलो लागुऔषध चरेश, नगद रु ३२ हजार ५९८ र पाँच थान मोबाइल बरामद गरेको हो ।

त्यसैगरी चरेश बरामद गरेलगत्तै पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रामशङ्कर कोहरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।