७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा सहकारी डेरी खुल्दै


२ मंसिर २०७६, सोमबार  

0
Shares

संघले सञ्चालनमा ल्याउन लागेका डेरीको नवनिर्मित भवन । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२ मंसिर ०७६, चापागाँउ । उत्पादन मुलक क्षेत्रमा सहकारीहरु सक्रिय नभएको गुनासो आइरहेको सन्र्दभमा जिल्ला दुग्ध सहकारी संघले ललितपुरको चापागाँउमा सहकारी डेरी सञ्चालनमा ल्याउने भएको छ ।
डेरीको प्रतिघण्टा १ हजार लिटर दुध प्रशोधन क्षमता रहेको छ । दैनिक १२ घण्टा कारखाना चालु हुँदा १२ हजार दुध प्रशोधन गरि विभिन्न उत्पादन गर्नेछ ।
जनवरीबाट यस सहकारी डेरीको उत्पादन बजारमा लैजाने योजना रहेको संघका अध्यक्ष कृष्णमान लामाले बताउनु भयो । सरकारको एक जिल्ला एक उत्पादन कार्यक्रम अन्र्तगत ५०÷५० प्रतिशत लगानीमा कारखाना सञ्चालनका ल्याउन लागेको हो । सरकारको ३ करोड लगानी रहने छ भने बाँकी लगानी शेयरधनीबाट उठाइने संघका अध्यक्ष लामाले बताउनु भयो ।
सहकारी डेरीले फुल डिजिटल प्रविधिबाट डेरी सञ्चालन हुनेछ । लामाको दाबी अनुसार यो काठमाडौं उपत्यकामै पहिलो अत्याधुनिक प्रविधियुक्त डेरी रहेनेछ ।
सहकारी संघका व्यवस्थापक उद्धवप्रसाद घिमिरले बन्द अवस्थामा रहेको नमन र गिम्दीमा रहेको चिस्यान केन्द्र सञ्चालनमा ल्याउने र उत्तरी मकवानपुरका किसानमार्फत याहाको दुध बजारमा ल्याउने योजना घिमिरेले भयो । यस क्षेत्रका किसान यातयातको भरपर्दो सुविधा नहुँदा खुवा बनाइरहेका छन् ।
करिव आठ करोड लगानीमा संचालनको तयारीमा रहेको यस डेरीले विक्रि भने गर्दैन । सहकारी संघका अध्यक्ष कृष्णमान लामाका अनुसार यहाँ दही, मही, पनिर, ध्यु र लगायत उत्पादन हुनेछ । डेरीले भैसीको दुध उत्पादन मात्रै बजारी करण गर्नेछ ।

अत्याधुनिक प्लान्ट देखाउदै व्यवस्थापक घिमिरे ।

दुध सहकारी संघ २० वर्ष अघि २०५६ साल कार्तिक २९ गते विधिवत रुपमा संघ दर्ता भएको थियो । २० वर्षपछि आएर सहकारी संघले यो आफ्नै कृषि उद्योग सञ्चालन गर्ने तरखरमा छ ।
व्यवस्थापक घिमिरेले सहकारी संस्थाहरु नै शेयरधनी रहने यस डेरीले दुध खोजेर भौतारिनु पर्ने अवस्था नरहेको संघका व्यवस्थापक घिमिरेले बताउनु भयो । उहाँले भन्नु भयो, दुध उद्योगहरुले किसानलाई शोषण गरेर सस्तोमा दुध किनेर नाफा कमाइरहेको आरोप लागिरहेको सन्दर्भमा यस डेरीले आम्दानी गरेर किसानलाई नाफा र बोनस दिनेछ ।
जिल्ला संघले किसानको उत्पादनलाई बजारसम्म पहुच पु¥याउन उदेश्य लिएर संघ आफैले २०७३ सालमा जग्गा खरिद गरिएको थियो । त्यसपछि
किसानको उत्पादनलाई आफै उत्पादन गरेर बजारीकरण गर्ने लक्ष्य अनुरुप डेरी सञ्चालन लयाउन लागिएको हो ।
ललितपुर जिल्लामा रहेका प्रारम्भिक किसानहरुले २०४९ सालमा दुध सहकारी शुरु गरका थिऐ । त्यस ताका दुध संकलन गरेर लेले चिस्यान केन्द्र लेलेसम्म ल्याउने गरियो । २०५७ सालमा जिल्लाका रहेका दुध किसानहरुको सहकारीहरु मिलेर ललितपुर दुध सहकारी संघ गठन भयो । ललितपुरमा अहिले ५४ वटा सहकारीहरको छाता संगठनको रुपमा यो सहकारी संघ सञ्चालित छ । लामाटारमा १ वटा बाहेक यी सबै सहकारी दक्षिण ललितपुरमा क्रियाशिल छन् ।
डेरीले आयोजना गरेको वर्कशपबाट पोशिलो ब्राण्डको उत्पादन बजारमा ल्याउने निर्णय गरेको छ । तर उद्योग विभागमा ब्राण्ड दर्ता गर्न ऐनले नदिएपछि डेरीमा अन्यौलमा रहेको घिमिरेले बताउनु भयो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ४९ बजे