१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीको आश्रयस्थलबाट नाै शिशु गायब


२ मंसिर २०७६, सोमबार  

0
Shares

२ मंसिर ०७६ , ललितपुर । ललितपुरकाे गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’ ।नाम जस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छा विपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ । प्रसूतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाई दिन्छ ।

त्यसैगरी शिशु बढ्ने क्रमसँगै त्यहाँबाट गायब हुन्छन् । कहाँ लगिइन्छन् ती हराएका नौं बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ । यसबारे सम्बन्धित महिलाको आफन्तले उजुरी गरेका थिए ।

रकममा किनबेच गरेको सुचना पाए पछि गृह मन्त्रालयले छानबिन गराएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको प्रहरीसहितको टोलीले कात्तिक २० गते प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनलाई गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासनले बताएको छ । गोप्य अनुसन्धान भनिएता पनि उक्त प्रतिवेदनअनुसार ९ बालबालिकालाई ‘स्थापित परिवारमा हस्तान्तरण गरेको’ विवरण संस्थाले पेस गरेको देखिएको छ । भुसाल नेतृत्वको टोली अनुसन्धान गर्न दसैं अगाडी संस्थामा पुगेको थियो ।

त्यो समयमा संस्थाका कर्मचारीले ती बालबालिका ‘योग्य परिवारमा दिइएको’ भनिएतापनि कागजातपत्र नदेखाएको भुसालले जानकारी दिनुभयो ।
‘संस्थाको भवन भव्य र व्यवस्थित रहेछ’, उनले भने, ‘भौतिक सुविधा राम्रो भए पनि आफैं बालबालिका हस्तान्तरण गर्नु कतिसम्म कानुनी वा गैरकानुनी हो भन्ने प्रश्न छ । सबै तथ्य अहिले नै भन्न नमिल्ने ।’

‘भ्रुणको आवाज’ मा १० किशोरी तथा महिलाले बच्चा जन्माएको उक्त संस्थाका कार्यकारी निर्देशक सोमन राईले बताए । ‘तीमध्ये एकको मृत्यु भयो । अन्य नौं जनालाई आमाले नै योग्य परिवारमा हस्तान्तरण गरेका हुन्’, दाबी उनले गरे । अनुसन्धानले भने अनुसार संस्थाले आफूखुशी बालबालिका दिएको पाएको छ । बालबालिका कसैलाई दिन पाउने कानुनी प्रावधान छैन ।

त्यस्तै बच्चा स्थापित परिवारमा दिँदा ‘मध्यस्थताको भूमिका खेल्ने संस्थाको विधानमा लेखिएको छ । तर, कानुनी रूपमा मध्यस्थताको भूमिका जिल्ला प्रशासन कार्यालयले मात्रै निर्वाह गर्ने जानकारी आफूले पाएको उनले स्वीकार गरेका छन् ।

‘विधान संशोधन गर्नका लागि जिल्ला प्रशासन गए पनि तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीले पढ्दै नपढी पुरानो विधानले काम गर्छ भन्नुभयो’, उनको भनाइ छ, ‘उहाँले चित्त नबुझे फाइल त्यहीं छाड्नु भन्नुभयो । संस्थाको फाइल सीडीओ कार्यालयमै छ ।’ बालबालिका लैजाने ‘योग्य परिवार’ बारे भने उनले खुलाएका छैन् ।

त्यसैगर ‘कानुन विपरीत देखिए कसैलाई  छाड्दैनौं । कानुनको दायरामा आउनै पर्छ’, प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले भन्नुभयो, ‘सही गलत के हो गृह मन्त्रालयले हेर्ला । कस्तो निर्देशन आउँछ, हामीले कानुनबमोजिम गर्नेछौं ।’

त्यस्तै यो संस्था जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा दर्ता भएको छ । यसको अध्यक्ष हेमलाल गौतम हुन् । अहिले पनि करिब ३ साताकी एक सुत्केरीले यो संस्थामा आश्रय लिइरहेकी छिन् । १८ वर्षेकी उनी हाडनाताको व्यक्तिबाट बलात्कृत भइएकी । उनी एक महिना बसेर शिशु कसैलाई सुम्पिन चाहन्छिन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ३९ बजे