७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘स्थानीय निकायको काम जादुजस्तो होइन’


५ मंसिर २०७६, बिहिबार  

0
Shares

भाष्कर थापा,

वडाध्यक्ष, गोदावरी नगरपालिका १३ झरुवाराशी, ललितपुर ।
भाष्कर थापा गोदावरी नगरपालिका १३ का वडाध्यक्ष हुनुहुन्छ । २०४६ सालपछि विद्यार्थी राजनीतिमा सक्रिय भास्कर थापा तत्किालीन नेकपा एमालेबाट २०५४ सालमा झरुवाराशी गाविसका उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछिका दिनमा उहाँ सर्वदलीय संयन्त्रमा रहेर
समेत काम गर्नुभयो ।वडाध्यक्ष थापा २०७४ सालमा नेकपाबाट वडाध्यक्षमा विजय हुनु भएको हो । उहाँलाई नगरपालिकाको सामाजिक विकाश समितीको सभापतिको रुपमा शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रहरुको जिम्मेवारी छ । उहाँसँग गोदावरी नगरपालिका १३ झरुवाराशीको विकाश निर्माणको सन्र्दभमा ललितपुर खबर प्रतिनिधिले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

तपाई नगरपालिकाको सामाजक विकाश समितीको सभापति पनि हुनुहुन्छ । शिक्षा स्वास्थ्यलगायत क्षेत्रमा गोदावरी नगरपालिकाले गरेका उल्येखनीय कामहरु के हुन् ?

स्थानीय निकायलाई शिक्षाको जिम्मेवारी दिने संविधानमा प्रावधान हुदा हुदै जिल्ला स्तरमा समेत जिल्ला शिक्षा समन्वय ईकाइ राख्दा समन्वय गरेको काम गर्नु पर्ने अवस्था छ । हामीले गोदावरी नगरपालिकाले शिक्षा नियमावली बनाएका छौं । नगराभित्रका सामुदायिक विद्यालयहरुलाई एउटै क्यालेण्डर बनाएर परिक्षा दिने व्यवस्था छ । हामीले गोदावरीमा ३ बटा परिक्षा हुदै आएकोमा हामीले ४ वटा परिक्षा दिने व्यवस्था गरेका छौं । हामी विद्यालयमा स्मार्ट बोर्ड राख्दैछौं । सेण्टर तोकेर एसईई परिक्षा लिइएको छ ।

सामुदायिक विद्यालयले शुल्क लिन नपाउने व्यवस्था रहेकोमा केही विद्यालयले शुल्क लिएर पढाइरहेको गुनासो पनि छ नि ?
मासिक शुल्क भनेर चाही लिएको छैन । तर व्यवस्थापन समितीको निर्णय गरेर परिक्षा शुल्क भनेर लिइएको छ । विद्यालयमा ट्वाइलेट सफा गर्ने लगायत कामका लागि बजेट आवश्यक छ । स्टेशनरी लगायत खर्च अभाव छ ।
बच्चाहरुका लागि खाजा कार्यक्रमका लागि बजेटको योजना ल्याउनुस् भनेर हामीले भनेका छौं ।

खाजा कार्यक्रमका लागि कतिपय विद्यालयमा बजेट नपुगेको गुनासो छ नि ?
नगरपालिकाको बार्षिक कार्यक्रममा यो योजना समावेश भएको छ । अव तत्काल नगद निकाशा भएको चाही छैन । अहिले उधारो वा अन्य तरिकाबाट खर्च गर्न सक्छन् । अहिले विद्यालयमा नगद नै पुगेको भने छैन ।
हामीले हरेक वडामा स्वास्थ्य शिविर राखेका छौं । सामुदायिक क्याम्पसहरुलाई पनि बजेट व्यवस्था गरेका छौं । वडा नं. २ विशंखुनारायणमा प्राविधिक विद्यालय सञ्चालन गर्ने योजना छ । यो बर्ष १ करोड बजेट पनि विनियोजन गरिएको छ ।
यहाँको पालामा झरुवाराशीलाई कस्तो बनाउने सपना छ ?
झरुवाराशीमा पानीको असाध्यै समस्या थियो । हामीले झरुवाराशीमा डिपबोरिङमार्फत पानी वितरण गरेका छौं । सडक सञ्जालले झरुवाराशी चारैतिर छोएको छ । यी सडकहरुलाई स्तरोन्तती गर्ने काम भइरहेको छ ।
बाँडेगाँउ झरुवाराशी सडक १ किलोमिटर कालोपत्रे हुदैछ । यसका लागि प्रदेश सरकारबाट १ करोड २४ लाख बजेट परेको छ । चापागाँउ बज्रवाराशी सडक मर्मत गर्न ४२ लाखको बजेट परेको छ । आठ मिटरको सडक वडाले बनाउनेछ ।

धापाखेल झरुवाराशी सडक ५० लाख बजेट निकासापछि काम शुरु हुदैछ । मेरो कार्यकालसम्म यहााका स्थानीयले खानेपानी राम्रोसँग खान पाउनेछन् । सडक पनि राम्रा बन्नेछन् ।
टौखेलबाट झरुवाराशी चापागाँउ सडक अन्र्तगत ग्वालिन्दह खोलामा पुल बनिरहेको छ ।

पर्यटन क्षेत्रमा के काम भइरहेको छ ?
पर्यटन क्षेत्रमा हामी काम गरिरहेका छौं । धार्मिक धरोहर सन्तानेश्वरमा मोनो रेल सञ्चालनका लागि आइइइ रिपोर्ट अघि बढ्दैछ ।

सन्तानेश्वर मन्दिरमा मोनो रेल निर्माण गर्ने योजना बनेको लामो समय भयो । तर काम किन ढिलो भइरहेको छ ?
छलफलको विषयको रुपमा उठ्यो । सम्भावनाका लागि अध्ययनहरु भए । कोरियाको डेनियल कम्पनीसँग छलफल भयो । सम्बन्धित जिल्ला बन कार्यालय हुँदै प्रोसेस अघि बढिरहेको छ । अफिसियल प्रकृयाका कारण केही ढिला भएको हो ।

स्थानीय निकायका जनप्रतिनिधिहरुको आधा कार्यकाल पुरा भएको छ । यो आधा समयमा के कति काम गर्नुभयो ?
हाम्रो जोस जाँगर र आकाक्षा अनुसार काम गर्न सकिरहेको छैन । त्यो यतार्थ हो । तैपनि हामीले बेस बसाएका छौं । शुरुवात गरेका छौं । सबै काम एकै पल्ट गर्न जादु गर्ने होइन रहेछ । चुड्कीको भरमा हुने होइन रहेछ । नीतिगत कुराले अप्ठ्यारो पार्ने रहेछ । हामी जनप्रतिनिधिहरुको यी सबै काम गर्न पाए आहा कस्तो हुन्थ्यो भन्ने सबैलाई हुन्छ । सबै काम एकै पल्ट गर्न बजेट छैन । बजेट हुँदा पनि नीतिगत समस्याहरु छन् । नगरपालिकाका विभिन्न खाले प्रकृया पुरा गर्नु पर्छ । यी कुरा जनताले बुझेका हुदैनन् । नियम पुरा नगर्दा आर्थिक ऐन नियम अनुसार पास हुदैन ।
हिजोको गाविसको जस्तो आर्थिक अधिकार वडा कार्यालयलाई छैन । सबै जसो योजना सम्झौंता गर्न र भुक्तानी लिन नगरपालिकाबाटै हुन्छ ।

अधिकार पाइएन भन्ने स्थानीय निकायमा ज्यादा गुनासो सुनिन्छ । पाएका अधिकार प्रयोग गरेर तपाईहरुले कति प्रगती गर्नु भयो ? अहिले संविधानले दिएको पुग्दो

छैन र ?
विकाश निर्माणका लागि आन्तरिक श्रोत बढाउने काम हामीले गरेका छौं । योजना सम्पन्न गर्ने सवालमा हामी धेरै अगाडि छौं । हामी चैत्र भन्दापछि सम्झौता नै नगर्ने निर्णयमा पुगेका छौं । अधिल्ला बर्षका बसैजसो योजना सपन्न भएका छन् । हामीले सबै वडाका योजना सम्पन्न गरेका छौं ।
स्थानीय तहलाई दिएको ऐन कानून निर्माण गर्ने काम पनि भइरहेका छन् । स्वास्थ्य,शिक्षा,वातावरण,विपत्,राजस्वलगायत विभिन्न कानूनहरु ब्निरहेका छन् ।
हिजो एक ढंगले चलिरहेको स्थानीय निकायमा अहिले नयाँ ढंगले चल्दा अव ज्यादा अधिकार आयो भन्ने छ । त्यो अधिकार के हो भन्ने थाहा छ । हामी सिक्दै पनि छौं ।

कर्मचारीहरुले चलाइरहेको स्थानीय निकायमा जनप्रतिनिधि आए पछि द्वन्द्व चलिरहेको अवस्था हो ?
प्रशासनिक कामको रुपमा कर्मचारीहरुमा मैले सही गर्ने ठाँउमा नियम कानून अनुसार होस् भन्ने चाहना हुन्छ । समन्वय हुदै नभएको होइन । नियम कानून हेर्दै व्यावहारिकतालाई ध्यान दिदा उपभोक्ताहरुलाई झण्झट भएको हो की भन्ने लाग्न सक्छ । प्राविधिक जनशक्ति कम भएको हुदा समयमै समयमै योजनाको मुल्याङकन गर्न समस्या थियो । अव बडाबाटै प्राविधिक खटिएर काम गर्ने योजना बन्दैछ । काम गर्ने सवालमा अव झन् सहज होला ।

स्थानीय निकाय कार्यान्वन हुँदा भ्रष्टाचार बढेको भन्ने गुनासो छ । करोडौंको बजेट खेलाएको स्थानीय निकायमा कामको परिणाम खै त भन्ने जनताको गुनासो पनि सुनिन्छ । याहाँहरुकोमा चाही के कस्तो छ ?
तपाइको ५ बर्षको कार्यकाल पुरा हुँदा यहाँका जनताले के कस्तो विकाश पाउछन्
अव साडे २ बर्ष मेरो कार्यकाल बाँकी छ । मेरो कार्यकालपछि यहाँका जनताले मुख्य सडकहरुमा हिड्दा हिलो चिप्लो सहेर हिड्नु पर्दैन । यहाँका विद्यालयमा चर्को शुल्क तिरेर पढ्नु पर्दैन । पढाईको गुणस्तर र रिजल्ट राम्रो हुन्छ ।

यहाँको कामबाट यहाँका जनताको प्रतिकृया कस्तो छ । निर्वाचनको बेलामा यहाँले गर्नु भएको प्रतिवद्र्धता पुरा भए ?
जनताको मिश्रित प्रतिकृया पाएको छु । सकारात्मक सोच राख्नेहरु काम राम्रो भएको छ भन्ने छ । नकारात्मक सोच राख्नेहरु जति काम गरे पनि नराम्रो देख्ने हुँदा मैले भन्नु केही छैन । कही कतै योजना नपर्दा हाम्रो काम गरिदिएन भन्ने असन्तुष्टि छ । मेरा अग्रजहरुले प्रतिकृया पनि ठिकै छ भन्ने छ ।

जनप्रतिनिधिहरु स्थानीय निकायमा आउदा यहाँका स्थानीय भुराजनीतिले पनि केही अप्ठ्योरो पारेको हुँदो हो । स्थानीय निकायमा विभिन्न पार्टीहरुले निर्वाचन जितेर आएका छन् । राजनीतिक कारणले काम गर्न कठीन छ कि ?
हामीले सबैसँग छलफल गरेर काम गरिरहेका छौं । अहिलेसम्म राजनीतिक रुपले काम गर्न कठीन भएको अनुभव छैन । हामी मिलेर काम गरिरहेका छौं । काम गर्दा राजनीतिक रुपमा यो उ भनेर काम गरिरहेका छैनौं ।

छुटेका कुरा केही छन् कि ?
नगरबासीहरुको अपेक्षा धेरै छ । जनप्रतिनिधिहरुले यो पनि गरिदिओस् त्यो पनि गरिदिओस भन्ने छ । जनप्रतिनिधिहरुले काम गरेर मात्र दिगो विकाश हुदैन । आम नागरिकले हातेमालो गरि टोल समाजको विकाशका लागि सोच्न जरुरी छ ।
सबै टोलबासीहरुले हाम्रो कामको सही मुल्याङ्गकन गरि सकारात्मक सुझावको अपेक्षा छ । विपक्षी साथीहरुलाई पनि हामीले काम विगारेको भए मसला बनाउने होइन कि सकारात्मक सुझाव दिन आग्रह गर्दछु । बिग्रेको कामको असर उहाँमा पनि पर्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  १० : ५९ बजे