८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ शुक्रवार ६ गते )


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

राशिफल मंसिर ६, २०७६ – 22 November, 2019, शुक्रवार
दशमी – स्मार्तहरूको उत्पत्तिका एकादशी व्रत/ गुह्येश्वरी यात्रा

पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर ६। शुक्रबार। इ.स. २०१९ नोभेम्बर २२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। दशमी, ७:०२ बजेदेखि एकादशी, २८:४० उप्रान्त द्वादशी। नक्षत्र– उत्तरफाल्गुनी, १५:४१ बजेउप्रान्त हस्त। योग– विष्कम्भ, १२:४६ बजेउप्रान्त प्रीति। करण– भद्रा, ७:०२ बजेदेखि वव, १७:५१ बजेपछि वालव, २८:४० बजेउप्रान्त कौलव। आनन्दादिमा शुभ योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:३१ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी २ पला। गुह्येश्वरी यात्रा। स्मार्त्तहरूको उत्पत्तिका एकादशी व्रत। सायन सूर्य १३:१४ बजे धनु राशिमा।

मेष – केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ ।
वृष – केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।
मिथुन – साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ ।
कर्कट – गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला ।
सिंह – आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला ।
कन्या – परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला ।
तुला – अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ ।
वृश्चिक – सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला ।
धनु – प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनी मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ ।
मकर – शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला ।
कुम्भ – गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन, पैसा भने अनायसै खर्च होला ।
मीन – झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ६ : ०८ बजे