८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मंसिर १० गतेभित्र हतियार बुझाउन गृहको अपिल


८ मंसिर २०७६, आइतबार  

0
Shares

८ मंसिर ०७६,काठमाण्डौ । गृह मन्त्रालयले आगामीमंसिर १४ गते हुन लागेको स्थानीय र प्रदेशमा उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै व्यक्तिगतरुपमा रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन अपिल गरेको छ ।

त्यस्तैमन्त्रालयले हिजो शनिबार सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अपिल गरेको छ ।

त्यसैगरी सूचनामा उल्लेख गरिएको छ । ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिहरु तथा सर्वसाधारणसँग भएका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ४८ बजे