८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ मंसिर ११ गते )


११ मंसिर २०७६, बुधबार  

0
Shares

राशिफल मंसिर ११, २०७६ – 27 November, 2019, बुधवार

प्रतिपदा – गढिमाई मेला प्रारम्भ

पञ्चाङ्ग :
वि.सं. २०७६ मंसिर ११। बुधबार। इ.स. २०१९ नोभेम्बर २७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। प्रतिपदा, १९:५३ उप्रान्त द्वितीया। नक्षत्र– अनुराधा, ९:३८ बजेउप्रान्त ज्येष्ठा। योग– सुकर्मा, २०:३६ बजेउप्रान्त धृति। करण– किंस्तुघ्न, ८:२३ बजेदेखि वव, १९:५३ बजेउप्रान्त वालव। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ० पला। बारामा गढी–माई मेला प्रारम्भ।

मेष – खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ ।
वृष – व्यवारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन्, आज आलस्यले पनि सताउला ।
मिथुन – भग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंग रमाइनेछ, वित्त आदिको पनि लाभ हुनेछ ।
कर्कट – फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ, सन्तानबाट पनि सुखको समाचार आउला ।
सिंह – आर्थीक पक्ष्य ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला ।
कन्या – साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ ।
तुला – मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन, पढाइमा पनि प्रगति होला ।
वृश्चिक – मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ ।
धनु – सुखबाट टाढा हुनुपर्ने समय छ साथै गरेका काममा सफलता नमिल्ने देखिन्छ, नचाइने ठाउमा धनको नाश होला ।
मकर – रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ, धनजनको पनि लाभ होेला ।
कुम्भ – अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने हठोट गरे सफल भइनेछ ।
मीन – खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : ०७ बजे