१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा साइकल लेन निर्माण सुरु


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

 

ललितपुरको कोपण्डोलमा ट्राफिक चिन्ह राखेर साइकल लेन बनाएपछि ।

१३ मंसिर ०७६, पुल्चोक । ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण कार्य सुरु भएको छ । ललितपुरलाई साइकल सिटी बनाउने योजना अन्तर्गत महानगरले साइकल लेन निर्माण गर्न लागेको हो । साइकल लेन निर्माणको पहिलो चरणमा कुपण्डोल —पुल्चोक — जावलाखेल —लगनखेल —मंगलबजार —पुल्चोकसम्म लेन निर्माण गरिने बताइएको छ । लेन निर्माण कार्यको औपचारिक कार्यक्रम शनिवार बिहान भएपनि महानगरले बिहीबार रातीबाट काम थालेको हो ।
साइकल ¥याली पुल्चोक, कृष्ण गल्ली ,हरिहरभवन हुँदै कुपण्डोल साइकल प्रयोगकर्तालाई प्रोत्साहित गर्न लेन बनाउन लागिएको नगरप्रमुख महर्जनले बताउनु भयो । उहाले भन्नुभयो,‘ साइकलको प्रयोगलाई प्रोत्साहित गर्न सके वातावरण जोगाउन सकिन्छ ,साइकलमैत्री सडकमा प्रदुषण कम हुन्छ , सहर सफा हुन्छ । ’ उहाले वातावरण संरक्षणमा साइकलको प्रयोग महत्वपूर्ण हुने विचार व्यक्त गर्नु भयो । महानगर वातावरण, पानीका मुहान संरक्षण र हरियाली प्रबद्र्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाको धारणा थियो ।


महानगरले साइकल लेन निर्माण कार्यदलका संयोजक तथा वडा नं १३ का वडा अध्यक्ष गणेश के.सीलाई तोकेको छ । महानगरको पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट चारवटा साइकल लेन बनाउने योजना छ । (अन्य सवारीसाधनसँग मिलेर चलाउनुपर्ने) , डेडिकेटेड (साइकलका लागि मात्रै छुट्याइएको ) गरी दुई किसिमले साइकल लेन बनाइने महानगरका पूर्वाधार निर्माण महाशाखाप्रमुख रुद्र गौतमले बताउनु भयो । प्रायटरायजमा चार दशमलव ५७ किलोमिटर पर्छ । सेग्रिगेटेडमा ०दशमलव ४२ किलोमिटर सडक पर्छ । महानगरले साइकल लेन निर्माणका लागि गएको भदौ २ गते रमित कन्स्ट्रक्सन प्रा.लि.सँग सम्झौता गरेको थियो । सम्झौता अनुसार चैत मसान्तमा निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ । ललितपुर महानगर पहिलो साइकल मैत्री सहर हुने नेपाल साइकल सोसाइटीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : २९ बजे