८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सन्तानेश्वर विद्या मन्दिरको सांस्कृतिक कार्यक्रम


१५ मंसिर २०७६, आइतबार  

0
Shares

सास्कृतिक कार्यक्रमपछि तस्विर खिचाउदै सहभागी वालवालिकाहरु ।

१४ मंसिर ०७६, झरुवाराशी । गोदावरी नगरपालिका १३ झरुवाराशीमा रहेको सन्तानेश्वर विद्या मन्दिरले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । शनिबार विद्यालय प्रांगणम कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न नृत्य र झाँकी प्रर्दशन गरिएको छ ।
प्रदेश ३ का प्रदेशसभा सांसद चेतनाथ सञ्जेलको उद्घाटन गर्नुभएको थियोे ।
२०४७ सालमा स्थापित यस विद्यालयमा मन्टेश्वरी देखि कक्षा १० सम्म हाल करिव ४५० विद्यार्थीहरु अध्ययनरत छन् ।
प्रिन्सिपल प्रकाश कुमार श्रेष्ठले सबै विद्यार्थी तथा अभिभाभकले देखाएको विश्वासले आज विद्यालय यो स्थानमा आएको बताउनु भयो । प्रदेश सांसद चेतनाथ सञ्जेलले विद्यालयको स्थापनाकालदेखी नै आफ्नो विद्यालयसंग भावनात्मक सम्बन्ध रहेको र संस्थापकहरु जलकृष्ण सिंह , निरन्जन आचार्य र जनार्दन आचार्यको मेहनतको आजको प्रगति सम्भव भएको धारणा राख्नु भयो ।
वडाध्यक्ष भाष्कर थापाले विद्यालय परिवारको मेहनतले विद्यालयले विद्यालयलले उचाई प्राप्त गरेको सफल भएको र अझै मेहनत गरि मध्य ललितपुरको उत्कृष्ट विद्यालय बनाउने चुनौती रहेको ििबचार व्यक्त गर्नु भयो ।
शुभकामना मन्तव्य राख्दै प्याब्सनका केन्द्रिय कार्यसमिति सचिव नवराज महतले सन्तानेश्वर विद्या मन्दिर यस भेगकै उत्कृष्ट विद्यालय भएकोे जिकिर गर्नुभयो ।
कार्यक्रममा विद्यालयबाट एसएलसी र एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ३४ बजे