१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा जेष्ठ नागरिक कक्ष निर्माण


२० मंसिर २०७६, शुक्रबार  

0
Shares

२० मंसिर ०७६,ललितपुर । टोलमा जेष्ठ नागरिक कक्ष निर्माण भएपछि दशलाल महर्जन औधी खुशी भएका छन् । उनी ९२ वर्षका भए । उनी युवा हुँदा उनको टोलमा खुल्ला ठाउँ धेरै थियो । बस्ती विकाससँगै खाली जमिन कम हुँदै गयो । सहकर्मी भेट्ने, भजनकीर्तन गर्न जम्मा हुने ठाउँ नहुँदा उनी कोठामै सिमित भएर बस्थे । भन्छन् , ‘फुर्सदका बेला यहाँ आएर टहलिन पाइयो , कोठैमा मात्र बस्न परेन ’ ललितपुर महानगरपालिकाको वडा नं ८ स्थित सुबहालमा जेष्ठ नागरिक कक्ष निर्माण भएपछि दशलालमात्रै होइन, त्यहाँ धेरै वृद्धवृद्धा खुशी भएका छन् । यो कक्ष सुबहाल टोल भवनको पहिलो तल्लामा निर्माण गरिएको छ । ८६ वर्षका न्हुच्छेलाल महर्जन अब आफ्नो दिनचर्या बदलिने बताउँछन् । यो कक्षमा बसेर भजनकीर्तन गर्न सकिने उनी बताउँछन् । जेष्ठ नागरिककै लागि निर्माण भएको यो ठाउँमा समवयीहरु ऋाउने भएकाले आफ्ना कुरा भन्न र अरुका सुन्ने अवसर पाउने उनी बताउँछन्।

८६ वर्षीया श्रीमाया महर्जन आफ्नै टोलमा यस्तो कक्ष बनेकोमा खुशी छिन् । यो कक्षले आफ्नो दिनचर्या रमाइलो हुने सोचेकी छिन् उनले । भन्छिन् , ‘ जम्मा हुने ठाउँ भयो, दिन बिताउने सुरक्षित र राम्रो ठाउँ बन्यो । ’ कक्षको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जेष्ठ नागरिकको दिनचर्या सजिलो बनाउन यो कक्ष निर्माण गरिएको बताए । भवन उद्घाटनपछि उनले भने, ‘ परिवारका सदस्यहरु व्यस्त हुँदा जेष्ठ नागरिकको दैनिकी एक्लो बन्दै गएको छ, यो कक्षले एक्लो पन हटाउन सहयोग गर्नेछ ।’ नगरप्रमुख महर्जनले जेष्ठ नागरिकको दैनिकीलाई सहज बनाउने महानगरको नीति भएको बताए । उनले जीवन छँदा नै सम्मान गर्ने संस्कारलाई महानगरले अबलम्बन गरेको प्रष्ट पारे ।

पूर्व सासंद तथा ज्यापु समाजका अध्यक्ष चन्द्र मर्हजनले यो कक्षको निर्माणले जेष्ठ नागरिकको दिनचर्या सहज हुने बताए । उनले यस्ता कक्षहरु प्रत्येक वडामा खोल्नुपर्ने धारणा राखे ।

वडा नं ८ का प्रकाश महर्जनले वडास्तरीय बजेटलाई विकास निर्माणसँगसँगै जेष्ठ नागरिकको सम्मानमा समेत खर्च गरेको बताए । महानगर जेष्ठ नागरिक, महिला, अपागंता भएकाहरुप्रति संवेदनशील भएको प्रष्ट पारे ।

सुबहाल टोल विकास संस्थाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान महर्जनले जेष्ठ नागरिक कक्ष जेष्ठ नागरिक मैत्री भएको बताए । उनले यस कक्षलाई सक्दो व्यवस्थित बताउने समेत बताए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ९ : २० बजे