८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२०७६ मंसिर २१ गते)


२१ मंसिर २०७६, शनिबार  

0
Shares

राशिफल मंसिर २१, २०७६ – 7 December, 2019, शनिवार

एकादशी – अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

पञ्चाङ्ग :
वि.सं. २०७६ मंसिर २१। शनिबार। इ.स. २०१९ डिसेम्बर ७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। एकादशी, ३१:३२ उप्रान्त द्वादशी। नक्षत्र– रेवती, २५:२३ बजेउप्रान्त अश्विनी। योग– व्यतीपात, १७:४४ बजेउप्रान्त वरियान्। करण– वणिज, १८:३६ बजेदेखि भद्रा, ३१:३२ बजेउप्रान्त वव। आनन्दादिमा धाता योग। चन्द्रराशि– मीन, २५:२३ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:४२ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी १ पला। पञ्चक २५:२३ बजे समाप्ति।

मेष – नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।
वृष – बलजफ्तीले चिताएको काम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ।
मिथुन – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।
कर्कट – लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
सिंह – आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ।
कन्या – काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ।
तुला – सरकारी कडिकडाउको सिकार भइनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ।
वृश्चिक – सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला।
धनु – आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्।
मकर – समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।
कुम्भ – आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ।
मीन – आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला।

सम्पर्क ठेगाना :ज्योतिष विज्ञान अनुसन्धान केन्द्र
जगन्नाथ , बुढानिलकण्ठ न पा , काठमाडौ , नेपाल ।
सम्पर्क फोन : ९८४१४०५०७३/ ९८१३३४०५९५
ज्योतिष गुरु तुलसी भारद्वाज निरौला ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ३१ बजे