८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६मंसिर २३ गते )


२३ मंसिर २०७६, सोमबार  

0
Shares

मंसिर २३, २०७६ – 09 Dec, 2019, सोमवार

मेष – चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ।
वृष – कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
मिथुन – आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ।
कर्कट – स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा सावधानी अपनाउनुहोला।
सिंह – ेसन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ।
कन्या – नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ। प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला।
तुला – अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ।
वृश्चिक – दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ।
धनु – शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ।
मकर– टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ।
कुम्भ – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
मीन – हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ।

भिडियाे हेर्नका लागि : 

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : ०४ बजे