२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ मंसिर २७ गते )


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

राशिफल मंसिर २७, २०७६ – 13 December, 2019, शुक्रवार

प्रतिपदा – कोका-कौशिकी संगममा मेला

पञ्चाङ्ग:
वि.सं. २०७६ मंसिर २७। शुक्रबार। इ.स. २०१९ डिसेम्बर १३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। प्रतिपदा, १०:३९ उप्रान्त द्वितीया। नक्षत्र– मृगशिरा, ७:३७ बजेउप्रान्त आर्द्रा। योग– शुभ, १३:५५ बजेउप्रान्त शुक्ल। करण– कौलव, १०:३९ बजेदेखि तैतिल, २२:१७ बजेउप्रान्त गर। आनन्दादिमा मानस योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ४ पला। कोसी-कोका संगममा धार्मिक मेला।

मेष – कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ ।
वृष – प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ।
मिथुन – आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ।
कर्कट – सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। समग्रमा दिन उत्साहपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ।
सिंह – इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ
कन्या – अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला ।
तुला– मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ ।
वृश्चिक – अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्।
धनु – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ ।
मकर– आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
कुम्भ – बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ।
मीन – प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ ।

बिशेष काम गर्ने राम्रो समय  : बिहान 08:49 देखि 09:49 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला र अमृत बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला र अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /
राहु काल बिहान 10:40 देखि मध्यान्न 11:57 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /
यात्रामा जादा वा गर्भवती महिलाले काचो दुध, जौ, वा यी वस्तु बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आज यात्रामा निस्कदा केहि पश्चिम दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु गीत संगित, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, गीत संगित, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, गीत संगित,मुद्दा मामिला, हातहतियारको काम, बनस्पतिको काम, व्यवशाय र पढाई सुरु गर्न, गरगहना बनाउन, कला संग सम्बनधीत कुरा सिक्न हात्ती घोडा चढ्न आज राम्रो छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।