१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा ३५ खाले औषधि सित्तैमा


३० मंसिर २०७६, सोमबार  

0
Shares


३० मंसिर ०७६, पाटन । ललितपुर महानगरपालिका ४ नगरबासीले ३० खाले औषधि सित्तैमा पाउने भएका छन् । भर्खरै खुलेको आधारभूत स्वास्थ्य केन्द्रबाट उक्त औक्ष्ँीध् र उपचार सेवा पाउने भएका हुन् ।
अफलडोलस्थित निर्माण गरिएको केन्द्रबाट यो सेवा पाइन्छ । आइतबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त केन्द्रको उद्घाटन गर्नुभयो ।
बिहान १० बजेदेखि ४ बजेसम्म खुल्ने त्यस केन्द्रबाट बालबालिकालाई दिइने ११ वटा खोप, परिवार नियोजनका सेवा, क्षयरोगका औषधि लगायतका औषधि प्राप्त गर्न सकिन्छ ।
भवनको उद्घाटन गर्दै महानगरप्रमुख चिरीबाबु महर्जनले पुल्चोकको लाछीभित्र निशुल्क स्वास्थ्य केन्द्र संचालन गरेको स्मरण गरे । टोलमा कोही बिरामी भए पिठ्यूँमा बोकेर अस्पताल पु¥याएको झण्डै ४० वर्ष अघिका दिन सम्झँदै उनले भने ,‘त्यत्तिबेला अहिलेको जस्ता सजिला भ¥याङ हुँदैन थिए , बिरामीलाई बोकेर अस्पताल पु¥याउनु पथ्र्यो, त्यत्ति मात्रै होइन, उपचार खर्च समेत जोहो गर्नुपथ्र्यो । ’ घर घरमा पुगेर बिरामीलाई स्वास्थ्य परीक्षणका गर्न बोलाएको समेत उनले स्मरण गरे । स्वास्थ्य केन्द्रको उद्घाटन गर्न पाउँदा निकै खुशी लागेको उनले बताए ।
वडा नं ४का अध्यक्ष नारायण के सीले केन्द्रबाट वडाबासीले सक्दो लाभ लिन सक्ने बताउँदै पारिङ्गाली देवी आमा समूह लगायत सबैको प्रसंग गरे । केन्द्रले प्रदान गर्ने सेवा सुविधालार्ई चुस्त बनाउन हरक्षण सहयोग गर्ने बताए ।
जनस्वास्थ्य निरीक्षक डिल्ली के.सीले केन्द्रबाट ३५ किसिमका औषधि निशुल्क प्राप्त गर्न सकिने सकिने बताउँदै महंगा अस्पताल धाउनुपर्ने बाध्यताबाट वडाबासी मुक्त भएको बताए ।
महानगरका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले प्राथमिकताका आधारमा विशेषज्ञ सेवा समेत ल्याइने बताइन् । वडावासीलाई आधारभूत स्वास्थ्य केन्द्रबाटसक्दो लाभ लिन सुझाव दिइन् ।
आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज सचिता गौतमले वडावासीलाई स्वस्थ राख्न यस केन्द्रको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले केन्द्रबाट ३५ किसिमका औषधि निशुल्क पाउने बताउँदै गुणस्तरीय सेवा प्रदान हुनेमा विश्वस्त हुने वडावासीलाई आग्रह गरिन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : ०१ बजे