१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भाईकाजी विरुद्ध राजधानीका मेयर एक


१२ पुस २०७६, शनिबार  

0
Shares


१२ पुस ०७६,काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण र भाइकाजी तिवारीले विरुद्ध उपत्यकाका मेयरहरु एक जुट भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवासमा भेटेपछि प्राधिकरण खारेजीको मागबारेछलफल भएको छ ।
‘हामीले राष्ट्रपतिज्यूलाई भेटेरै काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गरिदिन आग्रह गर्दै ज्ञापन पत्र नै बुझाएका छौं ।’, उपत्यका मेयर फोरमका एक सदस्यले भने । भाइकाजी तिवारीका विरुद्ध राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउन काठमाडौं महानगरका मेयर तथा उपत्यका मेयर फोरमका अध्यक्ष विद्या सुन्दर शाक्य, लतिलपुर महानगरका मेयर तथा फोरमका उपाध्यक्ष चिनीकाजी महर्जन, मध्यपुर ठिमी नगरका मेयर तथा फोरमका सचिव मदन सुन्दर श्रेष्ठसहित उपत्यकाका अधिकांश मेयर तथा उप मेयर शितल निवास पुगेका थिए । उपत्यका मेयर फोरममा भक्तपुर नगरपालिका बाहेक उपत्यकाका तीनै जिल्लाका नगर प्रमुखहरु सहभागी छन् । उनीहरुले भाइकाजी तिवारीले नेतृत्व गरिरहेको प्राधिकरणका कारण आफुहरुलाई काम गर्न अप्ठेरो भैरहेको बताउँदै आएका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाले घरको मापदण्डबारे प्राधिकरणसँग असहमति राख्दै आएका थिए । अन्य नगरहरुले काठमाडौं उपत्यकाका चार कुनामा निर्माण हुने नयाँ शहरका कारण प्राधिकरण विरुद्ध आवाज उठाउँदै आएका थिए । त्यस्तै, बाहिरी चक्रपथ निर्माणबारे पनि काँठका नगरपालिकाहरुले प्राधिकरणसँग असन्तुष्ठि राख्दै आएका थिए । फोरमले राष्ट्रपतिलाई बुझाएको ज्ञापन पत्रमा प्राधिकरण बाहेक जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, जिल्लास्थित कृषिको संयन्त्र पनि खारेज गर्न माग गरेका थिए । त्यस्तै, उच्चस्तरिय एकिकृत बागमति सभ्यता विकास समिति पनि खारेज गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ११ : ३६ बजे