११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पनौतीमा तस्वीर प्रदर्शनी


१७ पुस २०७६, बिहिबार  

0
Shares


१७ पुस ०७६, पनौती । पनौती पर्यटन विकास केन्द्रको आयोजना तथा पनौती नगरपालिकाको सहयोगमा पनौती नगरपालिका वडा नं ७ इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा प्रथम पनौती फोटो प्रर्दशनी शुरु भएको छ । ‘घुम्नैपर्ने पनौती’ पुस्तिका पनि सार्वजनिक गरिएको छ । नगरप्रमुख भीम न्यौपानेले पछिल्लो समयमा पनौती नगरपालिकामा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको बताउनुभयो । ‘पर्यटक भित्र्याउन गर्नुपर्ने पूर्वाधारको काममा पनि उत्तिकै चासोका साथ काम गरिरहेका छौँ, त्यसका लागि नगर बासिन्दाले पनि साथ दिइरहेको छ । ’,

न्यौपानेले भन्नुभयो, ‘विश्व सम्पदासूचीमा सूचीकृत हुन प्रस्तावित शहर भएकाले त्यसको लागि बाँकी केही काम नगरपालिकाले अगाडि बढाइरहेको छ ।’ नगरको मुख्य बजार क्षेत्रका घरहरुलाई पुरातात्विक हिसाबले घरको नमुनालाई कसरी पुरानै ढाँचामा बनाउन सकिन्छ भनेर योजना बनाएर लागिरहेको उहाँले बताउनुभयो । नगर बासिन्दाले पनि पनौतीको विकास र पर्यटक प्रवद्र्धन कृषि र धार्मिक हिसाबबाट मात्रै आर्थिक उपार्जन गर्न सम्भव भएकाले उक्त सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । नगरलाई सफा बनाउनका लागि सबै एकताबद्ध भएर लाग्न नगरप्रमुख न्यौपानेले आग्रह गर्नुभयो ।

कार्यक्रममा नगपालिकाका वडाध्यक्ष एवं पनौती नगरपालिका पर्यटन विकास समितिका संयोजक पुरुषोत्तम अधिकारीले नगरभित्रका घुम्नैपर्ने बस्ती समेटिएर तस्वीर राखिएको बताउनुभयो । ‘नगरपालिकाको पर्यटकीय सम्भावना भएको स्थानका बारेमा सबैसामु जानकारी दिन पुस्तिका प्रकाशन गरेका छौँ ।’, उहाँले भन्नुभयो । भ्रमण वर्षको शुरुमै पनौती नगरपालिकामा पर्यटक केन्द्रित विभिन्न फोटो प्रदर्शनी गर्न थालेका छन् । सो क्रममा नगरको १२ वटै वडामा भएको पर्यटकीयस्थलको फोटो प्रदर्शनीसँगै पर्यटकका लागि जानकारीमूलक ‘पुस्तीका’ समेत सार्वजनिक गरिएको छ । ‘घुम्नैपर्ने पनौती’ नारासहित बुधबारदेखि शुरु भएको पनौती नगरपालिका र पनौती पर्यटन विकास केन्द्रले आयोजना गरिएको फोटो प्रदर्शनी एक महिनासम्म जारी रहने जनाएको छ । यसअघि नगरपालिकाले घरवासको विकाससँगै पर्यटकलाई आकर्षण गर्ने कार्य विभिन्न संस्कृति झल्किने सम्पदाको संरक्षणसँगै प्रचार गर्नका लागि छलफलसमेत गरिएको थियो । सो क्रममा नगरभित्र घुम्न आउने विदेशी पर्यटकलाई बुधबार टीका र ब्रोसर दिएर स्वागत गरेका छन् । वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले ओझेलमा पर्दै गएको पनौतीलाई थप विकास गर्न पर्यटकलाई भित्र्याउन जोड दिँदै अगाडि बढिरहेको बताउनुभयो । –––

 

प्रकाशित मिति : १७ पुस २०७६, बिहिबार  ९ : २१ बजे