११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुर विद्युत् सहकारीमा पुन ः बजगाँई


२० पुस २०७६, आइतबार  

0
Shares

कार्यक्रममा सहभागीहरु । तस्विर ः ललितपुर खबर

२० पुस ०७६, चापागाँउ । पुन ः गोविन्द बजगाईंको नेतृत्वमा दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको नयाँ कार्यसमिती बनेको छ । शनिबार ललितपुरको चापागाँउमा सम्पन्न १८ औं वार्षिक साधारण सभाले १६ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत रुपबाट टुंगो लगाएको हो । यस अघि पनि बजगाईकै नेतृत्वमा सहकारी संस्था सञ्चालित थियो ।
कार्यसमितीको अन्य पदाधिकारीहरुमा उद्धव प्रसाद पराजुली उपाध्यक्ष, लोक बहादुर पुलामी सचिव, गोबिन्द प्रसाद घिमिरे कोषाध्यक्ष छन् । सञ्चालक समिति सदस्यहरुमा काशिनाथ सापकोटा, लक्ष्मण प्रसाद बजगाईं, खडाननद बजगाईं, भवल भुलोन सुजाता लामा, पार्वती घिमिरे , राजकुमार अधिकारी, रामहरि श्रेष्ठ, तेज बहादुर लामा, चयन भएका छन् । लेखा समिति सदस्यहरुमा सावित्री बजगाईं घिमिरे, प्रकाश तिमल्सिना र ओमनाथ अधिकारी चुनिएका छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै सासंद सिलवाल ।

शनिबार चापागाँउको टाहाखेलमा आयोजित कार्यक्रममा ललितपुर १ का सासंद नवराज सिलवाल, नेता हरि दाहाल, नेकपा जिल्ला अध्यक्ष हरिकष्ण व्यञ्जनकारलगायत सहभागी थिए । सासंद सिलवालले सहकारीमार्फत विद्युतीकरणका साथै दक्षिण ललितपुरका ग्रामिण भेगका न्युन आय भएका स्थानीयबासीलाई लाभ हुने गरी काम भइरहेको भन्दै प्रशंशा गरेका थिए ।
संस्थाका अध्यक्ष गोविन्द बजगाईंले सहकारीको सदस्यता विस्तारमा संस्थाले विशेष ध्यान दिने बताउनु भएको छ । बजगाँईले दक्षिण ललितपुरको बुखेल उनिउंचौरमा निर्माणाधिन विद्युत् वितरण प्रणाली सवास्टेसन निर्माण छिटो सम्पन्न गर्न संस्थाले प्रयास गर्ने कार्ययोजना पेश गर्नु भएको थियो ।

सहकारी २०५४ सालमा स्थापना भएको थियो भने २०५७ सालबाट दक्षिण ललितपुरमा विद्युत् बाल्ने कामको थालनी भएको थियो । हाल दक्षिण ललितपुका सवै वडामा सहकारीमार्फत विद्युत् बलिरहेको छ । हाल कार्यक्रममा जानकारी दिइए अनुसार ६१०० भन्दा बढी घरधुरीमा विद्युत सेवा उपभोग गरिरहेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ८ : ३५ बजे