१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा घरेलु मदिरा नष्ट


२७ पुस २०७६, आइतबार  

0
Shares

मदिर नष्ट गर्दै प्रहरी ।

२७ पुस ०७६, बनेपा । प्रहरीले बनेपाका बसपार्क र पुल बजार आसपासमा रहेका भट्टी पसलबाट बरामद गरेका घरेलु मदिरा आज नष्ट गरिएको छ । ती भट्टीपसलमा गरिएको जाँचका क्रममा फेला पारिएको मदिरा आज वडा नं ९ र १० का वडाध्यक्षको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले गाउ्रँगाउँबाट ल्याएर बनेपाका भट्टीपसलमा मदिरा बेचबिखन गर्ने गरेको पाइएको र त्यसबाट हिंसात्मक घटना हुन सक्ने भएकाले निषेध गर्नका लागि अभियान सञ्चालन गरिएको स्पष्ट गर्नुभयो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ९ : ५६ बजे