८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


राशिफल (२ माघ २०७६, बिहिवार)


२ माघ २०७६, बिहिबार  

0
Shares


षष्ठी (राष्ट्रिय भूकम्प सुरक्षा दिवस)
पञ्चाङ्ग
वि.सं. २०७६ माघ २ । बिहीबार । इ.स. २०२० जनवरी १६ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० पोहेलागा । माघ कृष्णपक्ष । षष्ठी, १३ ः २९ उप्रान्त सप्तमी । नक्षत्र– उत्तरफाल्गुनी, ८ ः ०२ बजेदेखि हस्त, ३० ः २२ बजेउप्रान्त चित्रा । योग– अतिगण्ड, २२ ः ०३ बजे उप्रान्त सुकर्मा । करण– वणिज, १३ ः २९ बजेदेखि भद्रा, २४ ः १९ बजे उप्रान्त वव । आनन्दादिमा मातंग योग । चन्द्रराशि– कन्या । काठमाडौंमा सूर्योदय– ६ ः ५८ बजे, सूर्यास्त– १७ ः २९ बजे र दिनमान २६ घडी ९ पला । राष्ट्रिय भूकम्प सुरक्षा दिवस ।
राशीफल
मेष– स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।
वृष– आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन ।
मिथुन– प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ ।
कर्कट– मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
सिंह– आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने योग छ ।
कन्या– आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ।
तुला– व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला।
वृश्चिक– परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउने देखिन्छ ।
धनु– आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ ।
मकर– रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला ।
कुम्भ– पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ।
मीन– सवारीमा सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला ।

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  ७ : २० बजे