११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टुडिखेलमा बास बसेको सम्झदै सत्यमोहन जोशीले भने, हिमाल देख्न पाइएन


३ माघ २०७६, शुक्रबार  

0
Shares

कार्यक्रममा बोल्दै शताव्दी पुरुष सत्यमोहन जोशी ।

३ माघ ०७६, ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टँुडिखेलमा गएर रात बसेको स्मरण गर्नुभएको छ । उहाँले भन्नुभयो, “त्यस बेला टँुडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।” राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गर्नुभयो । उहाँले अग्ला घरका कारण हिमाल छेकिन पुगेको गुनासो जोशीले गर्न्ुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्छ भन्नुभयो । ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गर्नुभयो । यसअघि जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ९ : ४९ बजे