८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ माघ ०५ गते आइतबार )


५ माघ २०७६, आइतबार  

0
Shares

राशिफल माघ ५, २०७६ – 19 January, 2020, आइतवार

पञ्चाङ्ग :
वि.सं. २०७६ माघ ५। आइतबार। इ.स. २०२० जनवरी १९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। दशमी, २९:०८ उप्रान्त एकादशी। नक्षत्र– विशाखा, २६:१६ बजेउप्रान्त अनुराधा। योग– शूल, १३:०८ बजेउप्रान्त गण्ड। करण– वणिज, १७:५९ बजेदेखि भद्रा, २९:०८ बजेउप्रान्त वव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– तुला, २०:३२ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३२ बजे र दिनमान २६ घडी ६ पला।

०१) मेष – आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथै   पाहुनाको आगमनले मन हर्षित रहला ।

०२) वृष – कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।

०३)  मिथुन – शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।

०४) कर्कट – काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छm, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन ।

०५)  सिंह – काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ ।

०६) कन्या – नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बडने देखिन्छ, आर्थिक लाभ पनि होला ।

०७)  तुला – पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला ।

 ०८)  वृश्चिक – सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।

०९)  धनु – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।

१०)  मकर – अल्झेकाकामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ ।

११)  कुम्भ – व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला, खानामा पनि एकदमै सावधान रहनु होला रोग लाग्न सक्छ ।

१२)  मीन – रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ६ : ४३ बजे